instainsta

पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौंः अध्यक्ष ढकाल

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १४ गते
पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौंः अध्यक्ष ढकाल
AdvertisementAds

नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङम पाथीभरा केवलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् ।

ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले शत प्रतिशत दिने प्रतिवद्धता जनाए ।

उनले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानीको लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्र स्वदेशमा लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताए ।

उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राखे । उनले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए । उनले स्थानीयहरुलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए ।

उनले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए । उनले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको भन्दै रुखहरु खाट्ने प्रक्रिया सकिएको बताए ।

उनले केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताए । उनले पाथीभरा केबकार बनाउने आयोजना आइएमई गु्रप र चन्द्रप्रसाद ढकालको मात्रै नभएर पाथीभरा,ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताए । उनले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना,व्यवसायी गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन सुरुवात गरेको बताए ।

उनले भने ,‘पाथीभरा केवलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुप¥यो । केबलकारले अगाडि नै विभिन्न ठाउँमा स्थानीय बालबालिका,वृद्धाहरुलाई दिने सुविधाको विषयमा तयारी छ । हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा छौं । पाथीभरा केवलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको छ । रुखहरु खाट्ने प्रक्रिया सकिएको छ । केवकार निर्माण गर्ने काम सुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने गर्ने तयारी छ । पाथीभरा केवकार बनाउने आयोजना आइएमई गु्रप र चन्द्रप्रसाद ढकालको मात्रै नभएर पाथीभरा,ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएको हुनाले त्यही अनुसार ताप्लेजुङको सहयोगको अपेक्षा छ । पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना,व्यवसायी गतिविधि र राजश्व वृद्धि हुन्छ भन्ने उदेश्यले पाथीभरा केवलकार बनाउन शुरुवात गरेका छौँ । यो आयोजना ताप्लेजुङको मात्रै होइन । समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केवकारले ठूलो भुमिका निर्वाह गर्छ । अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउनको लागि ठूलो खर्च गरिरहेका छौँ । तर हामी स्वदेशी लगानी विकास गर्छौं भनेर निजी क्षेत्र ताप्पलेजुङ जाँदा चन्द्रप्रसाद ढकालको व्यक्तिगत फाइदाको लागि भनियो । मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँच तारे होटल खोल्ने थिए । होटल बनाएको भए यति धेरै झमेला आउने थिएन । सम्भावना भएको ठाउँमा पर्यटन र स्थानीय विकासको लागि हो ।  फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । स्वदेशी लगानीलाई निरुत्साहित गर्नु खोज्नु गलत हो । सकेसम्म सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन चाहन्छौ ।’

उनले यो आयोजना ताप्लेजुङको मात्रै नभएर समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केवकारले ठूलो भुमिका निर्वाह गर्ने बताए । उनले फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

—न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स