नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ३५ जना कर्मचारीका लागि जागिर खुला गरेको छ । शुक्रबार प्रकाशित सूचनाअनुसार निगमले आठौँ तहको प्रशासनतर्फको प्राविधिकदेखि तहविहीन टेक्निसियनसम्मका लागि आवेदन खुला गरेको हो ।
खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रुपमा पूर्ति गरिने भएकोले इच्छुक योग्य नेपाली नागरिकले अनलाइनमार्फत २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेस गर्नु सकिने निगमले जनाएको छ ।NEPAL OIL


















प्रतिकृया