नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १ गते
नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता

नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इस्टिच्युट प्राली बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषकी निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फ बाट अपरेसन डाइरेक्टर सीएन वैद्यले हस्ताक्षर गरेका हुन् ।

अब कोषका सहभागी, शेयरधनी, कर्मचारी र उनीहरुका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिने छ । कोष सञ्चालक समितिका सदस्य, कोष कर्मचारी, र कर्मचारीका आश्रित परिवारले बेडमा १०, डाइग्नोष्टिकमा १० र औषधि खरिदमा ५ प्रतिशत छुट पाउने छन् भने उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

सहभागी र सहभागीका परिवारलाई बेडमा १०, डाइग्नोष्टिकमा १०, औषधि खरिदमा  ५ र एम्बुलेन्स सेवामा २५ प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स