चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ। गत वर्षको सोही अवधिसँग तुलना गर्दा ११.५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। तर, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार असोज महिनामा मात्रै १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ भने भदौमा १ खर्ब २६ अर्ब २१ करोड र साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो ।




















प्रतिकृया