SHAREHUBSHAREHUB

कर्मचारीको तलब ३.३६ प्रतिशतले बढ्यो, सुदूरपश्चिममा उच्च वृद्धि

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ४ गते
AdvertisementAds
कर्मचारीको तलब ३.३६ प्रतिशतले बढ्यो, सुदूरपश्चिममा उच्च वृद्धि
AdvertisementAds

नेपाल राष्ट्र बैंकले कर्मचारी र मजदुरको तलब तथा ज्याला सूचकांक ३.३६ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ। यो वृद्धि दर अघिल्लो वर्षको सोही त्रैमासको तुलनामा कम हो, जब सूचकांक ५.६५ प्रतिशतले बढेको थियो।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर त्रैमासिक रुपमा तलब तथा ज्याला सूचकांक सार्वजनिक गर्दै आएको छ। नयाँ तलब तथा ज्याला सूचकाङ्क प्रादेशिक, नेपालस्तरीय औद्योगिक वर्गीकरण र नेपालस्तरीय पेसागत वर्गीकरण गरी तीनवटा ढाँचामा प्रकाशित गरिएको छ ।

प्रदेशगत विश्लेषणअनुसार सुदूरपश्चिम प्रदेशको तलब तथा ज्याला सूचकांक सबैभन्दा धेरैले वृद्धि भएको छ। कर्णाली प्रदेशले पनि ५.०३ प्रतिशत वृद्धि दरसहित उच्च स्थानमा छ।

प्रदेशहरूको सूचकांक यस प्रकार रहेको छ:

  1. सुदूरपश्चिम प्रदेश: ६.४० प्रतिशत
  2. कर्णाली प्रदेश: ५.०३ प्रतिशत
  3. मधेश प्रदेश: ४.९९ प्रतिशत
  4. लुम्बिनी प्रदेश: ३.६७ प्रतिशत
  5. बागमती प्रदेश: २.९५ प्रतिशत
  6. गण्डकी प्रदेश: २.२६ प्रतिशत
  7. कोशी प्रदेश: १.२४ प्रतिशत

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स