इन्साइडर ट्रेडिङको आरोप लगाउँदै टेस्लाका सेयरधनीले हाले एलन मस्क विरुद्ध मुद्दा
टेस्लाका सेयरधनीहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले २०२२ मा ७.५ अर्ब अमेरिकी डलरको सेयर सर्वसाधारणलाई टेस्लाको खस्किदो व्यापार सार्वजनिक गर्नु अगावै बिक्री गरेर इन्साइडर ट्रेडिङ मार्फत ३ अर्ब डलर कमाएको आरोपमा मुद्दा दायर गरेका छन।
कम्पनीका सेयरधनी माइकल पेरीले मंगलबार मस्क विरुद्ध मुद्दा दायर गरेका हुन्। उनले २०२३ जनवरी २ मा टेस्लाको चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्नु अगाडि सेयर बिक्री गरेर मस्कले पदको अनुचित लाभ उठाएको आरोप लगाएका छन्। मुद्दामा मस्कले पदको दुरुपयोग गरेको र ट्रेड बाट भएको नाफा सेयर धनिमा फिर्ता गरिनुपर्ने उल्लेख गरिएको छ।
#bajarkochirfar