एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन सकिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १२ गते
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन सकिने

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको ८८.४५ प्रतिशत हकप्रद सेयरमा आज बुधबार मंसिर १२ गतेदेखि आवेदन दिन सकिनेछ । कम्पनीले १ः०.८८४५ अनुपातमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले १ सय अंकित मूल्यमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

उक्त हकप्रद सेयरका लागि एलआइसी नेपालले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । यो हकप्रद सेयरमा सेयरधनीले पुस २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले रहेको छ । हकप्रदमा आवेदन दिन बिक्री प्रबन्धक एसबीआईमर्चेन्ट बैंकिङ र लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको स्टार मल, पुतलीसडक काठमाडौं तथा देशभरका सम्पूर्ण शाखा कार्यालयबाट सकिनेछ ।साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स