नेप्सेमा दुई कम्पनीको सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा दुई कम्पनीको सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो।

कामना सेवा विकास बैंकको १० प्रतिशत बोंनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ५२५.५० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। बोनस सेयरमा समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४७७.७३ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 09 24 073316 https://bajarkochirfar.com/price-adjustment-in-shares-of-two-companies-on-nepse-at-what-price-will-trading-open-now | %tags

 

युनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोंनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ४१४.५० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। बोनस सेयरमा समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३८०.२८ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 09 24 073327 https://bajarkochirfar.com/price-adjustment-in-shares-of-two-companies-on-nepse-at-what-price-will-trading-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स