SHAREHUBSHAREHUB

हकप्रद सेयर निष्काशनको लागि नेको इन्स्योरेन्सले पायो अनुमति, कति प्रतिशत हकप्रद निष्काशन गर्ने ?

AdvertisementAds
हकप्रद सेयर निष्काशनको लागि नेको इन्स्योरेन्सले पायो अनुमति, कति प्रतिशत हकप्रद निष्काशन गर्ने ?
AdvertisementAds

नेको इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न आज पुस ९ गते अनुमति दिएको हो। योसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्नेछ।

कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ। कम्पनीले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद सेयर निष्काशन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० रुपैयाँ कायम गरेको छ। नेको इन्स्योरेन्सको हालको चुक्तापुँजी २ अर्ब १ करोड रहेको छ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स