गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । बैंकले संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यका साथ आज बिहीबार (माघ १)देखि नयाँ लोगो तथा छाप प्रयोगमा ल्याएको जानकारी दिएको छ ।
बैंकको दीर्घकालीन रणनीतिअन्तर्गत कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभामा लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिएको थियो । त्यसपछिका कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा आएको बैंकले जनाएको छ ।
बैंकका अनुसार नयाँ लोगोले विकास बैंकको आधुनिक र सरल पहिचानसँगै विश्वसनीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने विश्वास लिएको छ ।
बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्पूर्ण ग्राहक तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।”


प्रतिकृया