सीजी मोटोकर्पले सुजुकी e VITARA को देशव्यापी हस्तान्तरण सुरु गरेको छ । यो गाडी कम्पनीले नेपाली बजारमा भित्र्याएको पहिलो पूर्ण रूपमा निर्मित (CBU) विद्युतीय एसयूभी हो र यस मूल्य खण्डमा कुनै जापानी ब्रान्डबाट आउने पहिलो इलेक्ट्रिक एसयूभी पनि मानिन्छ । सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत देशभर ग्राहकलाई गाडी हस्तान्तरण कार्य जारी रहेको कम्पनीले जनाएको छ ।
नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारी साधन बजारबीच, लामो समयदेखि नेपाली बजारमा उपस्थित जापानी ब्रान्ड सुजुकीले अब इलेक्ट्रिक सेग्मेन्टमा औपचारिक प्रवेश गरेको हो । e VITARA लाई नेपाली सडक अवस्था र ग्राहकको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दाबी छ ।
सीजी मोटोकर्पले सीमित समयका लागि परिचयात्मक मूल्यमा e VITARA उपलब्ध गराएको छ, जसअनुसार यसको शुरुआती मूल्य रु. ४९,९९,००० तोकिएको छ । पहिलो १०० बुकिङका लागि मात्र यो विशेष मूल्य लागू हुने बताइएको छ ।
कम्पनीका अनुसार e VITARA सुजुकीको इलेक्ट्रिक रणनीतिको पहिलो चरण हो र आगामी वर्षहरूमा थप इलेक्ट्रिक मोडेलहरू पनि नेपाली बजारमा ल्याउने योजना छ । २०३० सम्म सुजुकीका थप ६ वटा इलेक्ट्रिक गाडी नेपालमा आउने लक्ष्य सार्वजनिक गरिएको छ ।
गाडी दुई ब्याट्री विकल्प—४९ kWh र ६१ kWh—मा उपलब्ध छ, जसले क्रमशः १०८ kW र १२८ kW पावर प्रदान गर्छ । ६१ kWh भेरियन्टले एकपटकको चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ । HEARTECT-e प्लेटफर्ममा आधारित यो एसयूभीमा 3-in-1 इलेक्ट्रिक पावरट्रेन, आधुनिक ब्याट्री संरचना र उन्नत थर्मल म्यानेजमेन्ट सिस्टम समावेश छ, जसले तराईदेखि हिमाली क्षेत्रसम्मको मौसममा पनि सहज सञ्चालन सम्भव बनाउने कम्पनीले जनाएको छ ।
डिजाइन र सुविधाका हिसाबले e VITARA मा डिजिटल ककपिट, ठूलो टचस्क्रिन, पानोरामिक सनरुफ, प्रिमियम इन्टेरियर, मल्टी-कलर एम्बियन्ट लाइटिङ र Harman अडियो सिस्टम जस्ता सुविधाहरू छन् । साथै, २,७०० मिमी ह्वीलबेसका कारण भित्री भागमा पर्याप्त स्पेस उपलब्ध छ ।
सुरक्षाका दृष्टिले यसमा ७ एयरब्याग, Level 2 ADAS, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र उच्च सुरक्षा संरचना समावेश गरिएको छ । कम्पनीका अनुसार e VITARA ले सुरक्षा र प्रविधिको संयोजनमार्फत नयाँ स्तरको इलेक्ट्रिक एसयूभी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
सीजी मोटोकर्प चौधरी समूह अन्तर्गतको अटोमोबाइल व्यवसायिक इकाई हो, जसले नेपालमा सुजुकी गाडीहरूको आधिकारिक प्रतिनिधित्व गर्दै देशभर विस्तृत बिक्री तथा सेवा सञ्जाल सञ्चालन गर्दै आएको छ ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया