नबिल बैंक लिमिटेडले आज (साउन ६) गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक रूपमा निष्काशन गरेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त ‘नबिल डिबेन्चर–२०८९’ नामक यो ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा कुल ३० लाख इकाइ बराबरको हुनेछ। तीमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत रूपमा बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक रूपमा निष्काशन गरिनेछ।
सर्वसाधारणका लागि छुट्याइएका १२ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी इकाइहरूमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतम १२ लाख इकाइसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताहरूले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखाहरू वा सीडीएससीको मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
यो डिबेन्चर ८ वर्षे अवधि रहेको छ र यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। ऋणपत्रको निष्काशन छिटोमा साउन ९ गते बन्द हुनेछ, तर सो अवधिमा पर्याप्त आवेदन नआएमा साउन २० गतेसम्म म्याद लम्बिन सक्छ। यस ऋणपत्रको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया