सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने भोलि जेठ २१ गते अन्तिम दिन रहेको छ।
कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारण समूहका लागि ४६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो। उक्त आईपीओमा इच्छुक लगानीकर्ताले भोलिसम्म आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ। आवेदन अझै नदिएका योग्य लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालिरहेको छ।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया