हिमालयन डिष्टिलरी लिमिटेड को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २० गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ।
यस अनुसार, आजसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरूले कम्पनीको आगामी साधारण सभामा सहभागी हुन तथा घोषणा गरिएको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।
लाभांश प्रस्ताव अनुमोदन गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय विरगञ्ज, पर्सामा २५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान १० बजे सुरु हुने तय गरिएको छ।


















प्रतिकृया