SHAREHUBSHAREHUB

सर्वसाधारणले सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ८ गते
AdvertisementAds
सर्वसाधारणले सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
AdvertisementAds

सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज (वैशाख ८) अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख ३ गतेदेखि सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर निष्काशन गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन १७ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो।

सीडीएससीको तथ्यांकअनुसार सोमबार बेलुकासम्म सोपान फर्मास्युटिकल्सको आईपीओमा २५ लाख  १७ हजार ७६३ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ८८ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ८८ लाख ७० हजार ३३० कित्ताका लागि आवेदन दिएका हुन्।

यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ८.३० गुणा बढी हो।

AdvertisementAds

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स