दोर्दी खोला जलविद्युतको लकइन अवधि भोलि सकिँदै, कहिलेबाट किनबेच गर्न मिल्ने ?

दोर्दी खोला जलविद्युतको लकइन अवधि भोलि सकिँदै, कहिलेबाट किनबेच गर्न मिल्ने ?

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लकइन अवधि भोलि असार ७ गते (शनिबार) सकिँदैछ। लकइन सकिने सेयरमध्ये ७५ लाख ९० हजार ६७५ कित्ता संस्थापक समूह, ७ लाख ५६ हजार ४२० कित्ता आयोजना प्रभावित स्थानीय, र ६५ हजार ८६५ कित्ता कर्मचारीको स्वामित्वमा रहेका छन्।

कम्पनीले २०७९ असार ८ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो। धितोपत्र बोर्डको नियमअनुसार, संस्थापक, आयोजना प्रभावित र कर्मचारीको सेयरलाई बाँडफाँड मितिबाट तीन वर्षसम्म लकइनमा राखिएको थियो।

अब लकइन अवधि समाप्त भएसँगै असर ८ गते आइतबारबाट यी सेयरहरू दोस्रो बजारमा किनबेच गर्न मिल्नेछ। यद्यपि, कम्पनीको उच्च व्यवस्थापन तहका कर्मचारीहरूले भने आफ्ना सेयर हाललाई कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स