दोर्दी खोला जलविद्युतको लकइन अवधि भोलि सकिँदै, कहिलेबाट किनबेच गर्न मिल्ने ?



दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लकइन अवधि भोलि असार ७ गते (शनिबार) सकिँदैछ। लकइन सकिने सेयरमध्ये ७५ लाख ९० हजार ६७५ कित्ता संस्थापक समूह, ७ लाख ५६ हजार ४२० कित्ता आयोजना प्रभावित स्थानीय, र ६५ हजार ८६५ कित्ता कर्मचारीको स्वामित्वमा रहेका छन्।

कम्पनीले २०७९ असार ८ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो। धितोपत्र बोर्डको नियमअनुसार, संस्थापक, आयोजना प्रभावित र कर्मचारीको सेयरलाई बाँडफाँड मितिबाट तीन वर्षसम्म लकइनमा राखिएको थियो।


Advertisement

अब लकइन अवधि समाप्त भएसँगै असर ८ गते आइतबारबाट यी सेयरहरू दोस्रो बजारमा किनबेच गर्न मिल्नेछ। यद्यपि, कम्पनीको उच्च व्यवस्थापन तहका कर्मचारीहरूले भने आफ्ना सेयर हाललाई कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर