सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको हो।
यस आईपीओमा लगानीकर्ताले जेठ २१ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले सम्हालेको छ। आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ ।



















प्रतिकृया