सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद वैशाख ७ गतेसम्म थप गरिएको छ।
कम्पनीले गत चैत ८ गतेदेखि खुला गरेको यो आईपीओमा प्रारम्भमा आवेदन दिने म्याद चैत २२ गतेसम्म राखिएको थियो। तर माग कम भएकाले म्याद थप गरिएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि कुल २८ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको छ, जसमा अति प्रभावित क्षेत्र (बझाङ, बुंगल नगरपालिका वडा नं. १, २ र ४) का स्थानीय बासिन्दाले १८ लाख ५२ हजार ५०० कित्ता, र प्रभावित क्षेत्र (बुंगल नगरपालिका वडा नं. ३, ५–११) का बासिन्दाले ९ लाख ९७ हजार ५०० कित्ता आवेदन दिन सक्नेछन्। प्रत्येक आवेदकले न्यूनतम १० र अधिकतम २० हजार कित्ता माग गर्न सक्नेछन्। मागभन्दा बढी आवेदन प्राप्त भएमा आईपीओ म्याद वैशाख ७ भन्दा पहिले बन्द गरिनेछ।
आवेदन फाराम कम्पनीको पावर हाउस, लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, तथा ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका बझाङस्थित शाखा कार्यालयहरूमा प्राप्त गर्न र बुझाउन सकिन्छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।















प्रतिकृया