दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको संस्थापक सेयरको लकइन अवधि सकिएको भोलिपल्टै राधि खोलाले आफ्नो स्वामित्वमा रहेको दोर्दीको सेयर बिक्रि गरेको छ। कम्पनीले ब्रोकर नम्बर ३९ मार्फत १६ लाख ४७ हजार १ सय ८८ कित्ता दोर्दीको सेयर बिक्रि गरेको हो। उक्त ब्रोकरमार्फत मात्रै ५६ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
दोर्दी खोला जलविद्युतको संस्थापक सेयरको लकइन अवधि २०८२ असार ७ गते शनिबार सकिएको थियो। उक्त लकइन सकिएको भोलिपल्टै राधीले आफ्नो स्वामित्वमा रहेका सेयरहरू बिक्री गरेसँगै बजारमा दोर्दी खोला जलविद्युतको सेयर कारोबार बढेको हो। यस दिन दोर्दी खोलाको सेयर मूल्य ३४० देखि ३४२ रुपैयाँसम्ममा कारोबार भएको छ।
यसअघि नै कम्पनीले २०८१ जेठ २३ गते सूचना जारी गर्दै आफ्ना नाममा रहेका १६ लाख ४४ हजार ८८८ कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय लिएको जानकारी दिएको थियो। सोही निर्णयअनुसार, लकइन अवधि सकिएलगत्तै सेयर बिक्री गरिएको हो। कारोबार धेरै भएको कारण आज दोर्दीको सेयर कारोबार सबैभन्दा धेरै भएको छ। कम्पनीको आज कुल ७५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया