SHAREHUBSHAREHUB

५० प्रतिशत हकप्रद जारी गर्न पिपुल्स पावरले तोक्यो बुक क्लोज मिति

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २३ गते
AdvertisementAds
५० प्रतिशत हकप्रद जारी गर्न पिपुल्स पावरले तोक्यो बुक क्लोज मिति
AdvertisementAds

पिपुल्स पावर लिमिटेडले निष्काशन गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरका लागि असार २ गते बुक क्लोज गर्ने भएको छ। यसअनुसार असार १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले १ः०.५० को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ। अर्थात्, १० कित्ता सेयर हुनेले ५ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

यद्यपि, कम्पनीले हकप्रद सेयर निष्काशनको मिति भने हालसम्म तय गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स