एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा आउँदो चैत ८ गते डाकेको छ। संस्थाको सञ्चालक समितिको निर्णयअनुसार सभा धरान–१२, सुनसरीस्थित गोर्खा होटेलमा बिहान ९ बजेबाट सुरु हुने तय गरिएको छ।
सभामा विभिन्न महत्वपूर्ण विशेष प्रस्तावहरू पारित गरिनेछन्। हाल साविक स्वदेशी लघुवित्तका संस्थापकहरू मात्र योग्य रहेको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव प्रस्तुत हुनेछ। सेयर परिवर्तनपछि उत्पन्न हुने समूहगत सेयर स्वामित्व संरचनाअनुसार आवश्यक परिवर्तन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
त्यसैगरी, संस्थाको प्रबन्धपत्र र नियमावलीमा आवश्यक समसामयिक संशोधन गर्न तथा नियमनकारी निकायबाट प्राप्त कुनै रायसुझाव वा निर्देशन आएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन्।

















![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया