नेपाल आर्मीले माग्यो ३४ सयभन्दा बढी कर्मचारी, ८ पास भएकाहरुले पनि आवेदन दिन पाउने
नेपाली सेना(आर्मी) ले विभिन्न पदहरूमा ठूलो संख्यामा भर्ना खुलाएको छ। जङ्गी अड्डास्थित भर्ना छनौट निर्देशनालयले आज सूचना जारी गर्दै ३ हजार ४०१ पदका लागि दरखास्त आह्वान गरेको हो।
सेनाले उपत्यका पृतना हेडक्वार्टरसहित विभिन्न गण, वाहिनी अड्डा, पृतना, गुल्म तथा प्राविधिक, हवाई र विविध सेवाका पदिक र बिल्लादार पदहरूमा समेत आवेदन खुलाएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन्, भने दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
प्राविधिक पदहरूका लागि समेत दरखास्त खुलाइएको छ, र आवेदन नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भर्याङ, स्वयम्भू, काठमाडौंमा बुझाउन सकिनेछ। सेना खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नेछ।