सिंगटी हाइड्रो इनर्जी लिमिटेड नोक्सानीबाट नाफामा फर्किएको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत वर्षको सोही अवधिमा कम्पनी ६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा थियो। तर, यस वर्ष विद्युत बिक्री आम्दानी उल्लेख्य रूपमा बढेसँगै कम्पनीले उल्लेखनीय सुधार गरेको छ। कम्पनीको विद्युत बिक्री आम्दानी ७२७.९१ प्रतिशतले बढेर ६७ करोड ७१ लाख रुपैयाँ पुगेको छ। साथै, सञ्चालन आम्दानी ७६०.६५ प्रतिशत र अन्य आम्दानी ९२०.४६ प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा कुल खर्च पनि २५६.७८ प्रतिशतले बढेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।



















प्रतिकृया