एसियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको घाटा ३ करोड ६ लाख ५१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९ करोड ४३ लाख रुपैयाँबाट १.५९ प्रतिशतले बढेर ९ करोड ५८ लाख रुपैयाँमा पुगेको छ। यता, वित्तीय खर्च ८ करोड १७ लाखबाट घटेर ६ करोड ६४ लाख रुपैयाँमा झरेको छ। कम्पनीको विद्युत बिक्री आम्दानी बढ्दा र वित्त खर्च घट्दा नाफा (घाटा) कम भएको हो।
३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा ४ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ९.०३ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा छ।















प्रतिकृया