एसियन हाइड्रोपावरले पुस २ गते बोलायो साधारण सभा, के-के छन् एजेन्डा?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १० गते
एसियन हाइड्रोपावरले पुस २ गते बोलायो साधारण सभा, के-के छन् एजेन्डा?

एसियन हाइड्रोपावरले पुस २ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा दिउँसो १२.३० बजेबाट सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनका लागि संस्थाले मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स