एशियन हाइड्रोपावरको नोक्सानी घट्यो, २.८१ करोडमा झर्यो घाटा

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २३ गते
एशियन हाइड्रोपावरको नोक्सानी घट्यो, २.८१ करोडमा झर्यो घाटा

एशियन हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ८१ लाख रुपैयाँ घाटा बेहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको थियो। जस अनुसार कम्पनीको घाटा ५२.०५ प्रतिशतले घटेको हो।

कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य रूपमा बढ्नु र वित्तीय खर्च घट्नु घाटा कम हुनुको मुख्य कारण रहेको छ।समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.६९ प्रतिशतले बढेको छ भने कुल नाफा ४.३६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, सञ्चालन मुनाफा १३.८५ प्रतिशतले बढेको छ। उता, कम्पनीको वित्तीय खर्च भने २१.८० प्रतिशतले घटेको छ।

३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष हाल ४ करोड ४७ लाख रुपैयाँ ऋणात्मक  छ। सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २८ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ८४ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स