एशियन हाइड्रोपावर लिमिटेडले दुईवटा ग्रिड-जडित सौर्य पीभी (Solar PV) आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ। नेपाल विद्युत प्राधिकरणको प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामा कम्पनी छनौट भएपछि यसका लागि Letter of Intent (LOI) प्राप्त भएको थियो।
बोलपत्र अनुसार, सौर्य उर्जा आयोजना निर्माणका लागि विद्युत खरिद–बिक्री सम्झौता (Power Purchase Agreement) गर्न कम्पनीले Special Purpose Vehicle (SPV) को रूपमा छुट्टै कम्पनी स्थापना गर्नु पर्ने व्यवस्था थियो। यसअनुसार एशियन हाइड्रोपावर समेत सेयरधनी हुने गरी दुवै सौर्य आयोजनाका लागि कम्पनी स्थापना भइसकेको छ।
कम्पनीका अनुसार हाल ती दुवै आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता नेपाल विद्युत प्राधिकरणसँग सम्पन्न भइसकेको छ।















प्रतिकृया