SHAREHUBSHAREHUB

आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा, छैन सेयरधनीलाई लाभांश

AdvertisementAds
आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा, छैन सेयरधनीलाई लाभांश
AdvertisementAds

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी माघ १४ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । पुस २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको बनेपास्थित बनेपा पार्टी भेन्युमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

सञ्चालक समितिमा संस्थापक तर्फबाट चार जना र सर्वसाधारण समूहतर्फ २ जना निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ । त्यस्तै, अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ १ गते सार्वजनिक बिदा परेकाले पुस २९ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स