सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफामा आक्रामक वृद्धि, कति कमायो नाफा ?

सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफामा आक्रामक वृद्धि, कति कमायो नाफा ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ७० लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा सामान्य गिरावट भए पनि फि तथा कमिशन आम्दानीको वृद्धि, सञ्चालन मुनाफामा सुधार, र इम्पेयरमेन्ट चार्ज घटेको कारण नाफामा सुधार आएको हो।

चौथो त्रैमाससम्ममा सांग्रिलाको खुद ब्याज आम्दानी १.३६ प्रतिशतले घटेर १ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन आम्दानी ३.३९ प्रतिशतले बढेर २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज ३६ करोड रुपैयाँबाट घटेर ३४ करोड रुपैयाँमा आएको छ।

बैंकको खराब कर्जा अनुपात ०.७१ प्रतिशतबिन्दुले बढेर ५.६४ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड रहेको छ भने वितरणयोग्य नाफा ४१ करोड ३८ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ४० पैसा बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ।

बैंकको मूल्य आम्दानी अनुपात (PE Ratio) ३०.६५ गुणा रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८० पैसा बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

sadbl 2 https://bajarkochirfar.com/aggressive-growth-in-distributable-profit-of-shangri-la-development-bank-how-much-profit-did-it-earn | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स