नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ। यी सेयरमा जो कोहि व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्ने गरि बिक्रीमा ल्याएको हो ।
उक्त सेयर येसअघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको थियो। विद्यमान संस्थापक सेयरधनीहरूबाट ३५ दिनभित्रमा आवेदन नआए पश्चात् अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताले सेयर खरीदका लागि आगामी ७ दिनभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आफूले खरीद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन्।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)





![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया