सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा १४०.६३ प्रतिशतले बढेर ५ करोड ११ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि भएको कारण नाफामा वृद्धि भएको हो।
चौथो त्रैमाससम्ममा सपोर्ट लघुवित्तको खुद ब्याज आम्दानी ६२.९७ प्रतिशतले बढेर १३ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ५५.६८ प्रतिशतले बढेर १६ करोड ४८ लाख रुपैयाँमा पुगेको छ। यता, सञ्चालन मुनाफा २ करोड ५७ लाख रुपैयाँबाट ७ करोड ९७ लाख रुपैयाँमा पुग्दै २०९.५९ प्रतिशतले वृद्धि भएको छ।
लघुवित्तको खराब कर्जा अनुपात ०.२४ प्रतिशतबिन्दुले घटेर १.५८ प्रतिशतमा सीमित भएको छ।
समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३३ करोड ५० लाख रुपैयाँ सापटी तथा ४६ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
लघुवित्तको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ५२ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसाले बढेर ४१ रुपैयाँ ८१ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६२ पैसा रहेको छ।
थप वित्तीय सूचकहरू हेर्दा, लघुवित्तको मूल्य आम्दानी अनुपात ५५.२२ गुणा, पुँजी कोष जोखिम सम्पत्ति अनुपात ११.२८ प्रतिशत, लागत कोष ६.९९ प्रतिशत रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।


प्रतिकृया