युनिभर्सल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४२.३६ प्रतिशतले बढेर १० करोड ६४ लाख ११ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २५ करोड ३९ लाख रुपैयाँबाट २.९१ प्रतिशतले बढेर २६ करोड १३ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च ११ करोड ३५ लाख रुपैयाँबाट घटेर ८ करोड २६ लाख रुपैयाँमा झरेको छ। आम्दानी बढ्दा र खर्च कम हुँदा नाफा बढेको हो।
२ अर्ब २७ करोड ९९ लाख २९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा २५ करोड २७ लाख रुपैयाँ रहेको छ।समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ६.२२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १११.०९ रुपैयाँ रहेको छ।
















प्रतिकृया