एकैपटक दुई कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति, कुन कम्पनीले कति अनुपातमा?

एकैपटक दुई कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति, कुन कम्पनीले कति अनुपातमा?
Advertisement Ads

आइतबार दुई कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ। साउन ०४ गते नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर र सिटी होटललाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो ।

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडलाइ  १:१ अनुपातमा अर्थात्  १०० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो। यसअनुसार कम्पनीले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसको कुल रकम १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ हुनेछ।

त्यस्तै,  सिटी होटललाइ १:०.८० अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो। यसअनुसार कम्पनीले कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसको कुल रकम १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ हुनेछ।

Screenshot 20 7 2025 123722 sebon.gov .np https://bajarkochirfar.com/two-companies-received-permission-to-issue-rights-shares-at-the-same-time-which-company-and-in-what-proportion | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स