यसकारण स्थगित भयो ग्रीनलाईफ हाइड्रोपावरको वार्षिक साधारण सभा

यसकारण स्थगित भयो ग्रीनलाईफ हाइड्रोपावरको वार्षिक साधारण सभा

ग्रीनलाईफ हाइड्रोपावरको माघ २ गतेका लागि बोलाइएको वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। कम्पनीले तोकिएको कोरम नपुगेका कारण सभा रोक्नुपरेको जनाउँदै पुनः सभा बस्ने अर्को मिति तय गरिने जनाएको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने र सञ्चालकहरूको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव राखिएको थियो। सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गरिसकेको छ। बुक क्लोज अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स