ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको १३औं, १४औं र १५औं वार्षिक साधारणसभा आज कात्तिक १८ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरू हुँदैछ।
सभामा १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
त्यसका अतिरिक्त, आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ का वित्तीय विवरण पारित गरिनेछ। आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का लागि नियुक्त लेखापरीक्षकको प्रतिवेदन तथा पारिश्रमिक अनुमोदन गर्ने र २०८१/८२ का लागि नयाँ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
साथै, सञ्चालक नियुक्ति अनुमोदन र सर्वसाधारण समूहबाट बाँकी अवधिका लागि प्रतिनिधि सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश छ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते बुक क्लोज गरेको छ। त्यस अनुसार, कात्तिक ११ गतेसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन सक्नेछन्।



















प्रतिकृया