ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारणसभा भोली माघ २ गते बोलाएको छ। सभा लिसारा रिसेप्सन प्रा.लि., भैरवस्थान, ललितपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण तथा नाफा–नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समिति चयन, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको तलब–भत्ता र बैठक भत्ता निर्धारणसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गरिसकेको छ। यसअनुसार पुस १९ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।



![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)





![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया