ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको स्थगित तीन आर्थिक वर्षको संयुक्त वार्षिक साधारणसभा कात्तिक २८ गते हुने भएको छ। यसअघि कात्तिक १८ गतेका लागि तय भएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो। सभा लिसारा रिसेप्सन प्रालि, नक्साल काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ। उक्त सभाले यसअघिका सबै प्रस्तावहरू पारित गर्नेछ।
साधारणसभामा कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव प्रस्तुत गर्नेछ र त्यसका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय गरिनेछ। साथै, अघिल्ला तीन आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ का वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गरिनेछ। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
साथै, सञ्चालक नियुक्तिको अनुमोदन तथा सर्वसाधारण समूहबाट बाँकी अवधिका लागि प्रतिनिधित्व गर्ने सञ्चालक चयनको एजेन्डा पनि सभाले छलफल गर्नेछ।कम्पनीले सभा प्रयोजनका लागि कात्तिक १२ गते एक दिन बुक क्लोज गरेको थियो। जस अनुसार कात्तिक ११ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।



















प्रतिकृया