ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले यस अवधिमा १ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जन गरेको ७५ लाख ५१ हजार रुपैयाँको तुलनामा ४३.३२ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा विद्युत बिक्री आम्दानी २३ करोड ६१ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा कम्पनीको प्रशासनिक खर्च ५७ लाख ३९ हजार रुपैयाँबाट घटेर ४२ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धि भएको छ।
कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ५८ लाख रुपैयाँ रहेको छ भने १ करोड २३ लाख रुपैयाँ चालु सम्पत्ति हुँदा चालु दायित्व ४९ करोड २० लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.४१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११०.३३ रुपैयाँ रहेको छ।
















प्रतिकृया