प्रधानमन्त्री ओलीजी हुनुहुन्छ, तर सरकार काँग्रेसले चलाइरहेको छ: कृष्णप्रसाद सिटौला

प्रधानमन्त्री ओलीजी हुनुहुन्छ, तर सरकार काँग्रेसले चलाइरहेको छ: कृष्णप्रसाद सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको भए पनि नीतिगत निर्णयको नेतृत्व काँग्रेसले नै गरिरहेको बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको काँधमा अहिले पनि ठूलो जिम्मेवारी रहेको बताएका हुन्। उनले भने, ‘दिगो शान्ति स्थापना गराउनु छ। शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुर्‍याउनु छ । लोकतन्त्रलाई सुदृढ गर्नु छ। अहिले हामी संयुक्त सरकारमा छौँ, ठूला पार्टीहरू काँग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ। प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली काँग्रेसले गरिरहेको छ।’

उनले राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गरेको भए पनि नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली काँग्रेसले नै गरिरहेको जिकिर गरेका छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स