instainsta

सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्सले कहिलेदेखि निष्काशन गर्दैछ आईपीओ ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १९ गते
सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्सले कहिलेदेखि निष्काशन गर्दैछ आईपीओ ?
AdvertisementAds

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले आगामी जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

सर्वसाधारणतर्फको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिने अवधि छिटोमा असार २ गतेसम्म रहनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स