सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा घट्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २४.०३ प्रतिशतले घटेर ४५ करोड ३६ लाख रुपैयाँमा आएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ३२ करोड ८६ लाख रुपैयाँबाट बढेर १ अर्ब ३७ करोड ४ लाख रुपैयाँमा पुगेको छ।  त्यस्तै गरी कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड रुपैयाँबाट ०.०८ प्रतिशतले बढेर २ अर्ब १५ करोड ७८ लाख रुपैयाँमा पुगेको छ भने कुल खर्च १७.१६ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँमा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बीमा कोष ५०.७१ प्रतिशतले बढेर ७ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा पुगेको छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा २१ करोड ९ लाख रुपैयाँ र जगेडा कोषमा ६८ करोड ४८ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २८.३७ रुपैयाँबाट घटेर २१.५५ रुपैयाँमा आएको छ। यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ २६३.७२ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स