शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ०.१३ प्रतिशतले घटेर ५१ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी १८.४१ प्रतिशतले बढेर १ अर्ब ९३ करोड रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी १५.७४ प्रतिशतले बढेर २ अर्ब १६ करोड ९७ लाख रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज ३७ करोड १९ लाख रुपैयाँबाट बढेर ६७ करोड ६९ लाख रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज उच्च भएपछि नाफामा गिरावट देखिएको हो। खराब कर्जा अनुपात १.३५ प्रतिशतबिन्दुले बढेर ४.७६ प्रतिशत पुगेको छ।समीक्षा अवधिमा बैंकले ६ अर्ब ९० करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४७ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ रहेको भने वितरणयोग्य नाफा ३८ करोड ७२ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ९४ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.४४ रुपैयाँले घटेर १४.०६ रुपैयाँमा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १४७.७८ रुपैयाँ रहेको छ।


प्रतिकृया