रिलायबल नेपालको नाफा बढ्यो, ईपीएस डबल डिजिटमा



Advertisement
Ads

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३६.८८ प्रतिशतले बढेर ४६ करोड ५७ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बीमाशुल्क आर्जनमा वृद्धि, बीमा कोष विस्तार र लगानी आम्दानीमा सुधार हुदा नाफा बढेको हो।


Advertisement

कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब ७३ करोड ५७ लाख रुपैयाँबाट बढेर ३ अर्ब ४७ करोड ९४ लाख रुपैयाँमा पुगेको छ। त्यस्तै गरी कम्पनीको कुल आम्दानी २७.१३ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड रुपैयाँबाट ४ अर्ब ७६ करोड रुपैयाँमा पुगेको छ भने कुल खर्च ३ अर्ब ४० करोड रुपैयाँबाट बढेर ४ अर्ब ३१ करोड रुपैयाँमा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष ३५.७१ प्रतिशतले बढेर १२ अर्ब ४३ करोड ९६ लाख रुपैयाँमा पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४० लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा २० करोड ७९ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ९.७८ रुपैयाँबाट बढेर १३.३८ रुपैयाँमा पुगेको छ।

 यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १६७.९७ रुपैयाँ रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर