एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा बढ्यो, अरु सूचक कस्ता?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा बढ्यो, अरु सूचक कस्ता?
AdvertisementAds

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २३.९४ प्रतिशतले बढेर ६ करोड ९१ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८.७६ प्रतिशतले बढेर १० करोड ३८ लाख रुपैयाँ पुगेको छ। यद्यपि, लाभांश आम्दानी ४३.४८ प्रतिशत र वित्तीय आम्दानी १८.२० प्रतिशतले घटेको छ। अर्कोतर्फ, कुल खर्च १३९.४१ प्रतिशतले बढेर ३४ लाख ३ हजार रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १० पैसाले बढेर ७ रुपैयाँ १८ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ २२ पैसा रहेको छ। १ अर्ब २८ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको रिटेन्ड अर्निङ्ग मा १२ करोड ३ लाख रुपैयाँ सञ्चित छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स