एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश (करयोग्य) वितरण गर्ने निर्णय गरेको छ। साथै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत, अर्थात् १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ।
यस्तै, कम्पनीले तेह्रौँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते (शुक्रबार) बिहान ९ बजे काठमाडौँको थिरबम सडकस्थित आप्रपाली ब्यान्क्वेटमा आयोजना गर्ने निर्णय गरेको छ।


प्रतिकृया