नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको ६२.५६ प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया