नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक कस्ता ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २८ गते
नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक कस्ता ?

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ८.६४ प्रतिशतले बढेर ६५ करोड २२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्द नाफामा सुधार देखिएको हो। कम्पनीको खुद बीमाशुल्क आर्जन २९ अर्ब १२ करोड रुपैयाँबाट बढेर ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँमा पुगेको छ। त्यस्तै गरी कम्पनीको कुल आम्दानी ४२ अर्ब ७९ करोड रुपैयाँबाट बढेर ४७ अर्ब ७२ करोड रुपैयाँमा पुगेको छ भने कुल खर्च ३९ अर्ब ७० करोड रुपैयाँबाट बढेर ४४ अर्ब ९० करोड रुपैयाँमा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष करिब २० प्रतिशतले बढेर २ खर्ब २५ अर्ब रुपैयाँमा पुगेको छ।कम्पनीको चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा १ अर्ब ३२ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ९.७५ रुपैयाँबाट १२ पैसाले घटेर ९.६३ रुपैयाँमा आएको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स