नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि यही जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
यसअनुसार, जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नाम कायम रहेका सेयरधनीहरू मात्रै उक्त हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०ः४ को अनुपातमा जम्मा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।
यद्यपि, हकप्रद सेयर निष्काशनको मिति भने कम्पनीले अझै सार्वजनिक गरेको छैन।



प्रतिकृया