नेपाल बैंकले यसपटक लाभांश नदिने, साधारण सभा कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १९ गते
नेपाल बैंकले यसपटक लाभांश नदिने, साधारण सभा कहिले ?
AdvertisementAds

नेपाल बैंक लिमिटेडले चैत ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। यस वर्ष पनि सेयरधनीलाई लाभांश वितरण प्रस्ताव नगरी बैंकले साधारण सभा बोलाएको हो।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण, साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका एजेन्डामा छलफल हुनेछ।

बैंकले फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन २१ गतेसम्म कायम सेयरधनीहरूले सभामा सहभागिता जनाउन सक्नेछन्।

साधारण सभा नेपाल एपीएफ क्लब, हकचोक, काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स