नेपाल बैंकले चैत ६ मा बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ११ गते
नेपाल बैंकले चैत ६ मा बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले बैंकको ६५औं वार्षिक साधारणसभा यही चैत ६ गते, बुधबार काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान १०:३० बजे बस्ने निर्णय गरेको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस गरिनेछ।

यसैगरी, बैंकको नियमावलीअनुसार सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा छलफल हुनेछ।

साधारणसभा प्रयोजनका लागि बैंकले फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। सो आधारमा, फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स